विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ–कोशी प्रदेशको चौथो कार्यकारिणी समितिको पदस्थापन कार्यक्रम बिहिबार विराटनगरमा सम्पन्न भएको छ।
कार्यक्रममा नवनिर्वाचित कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरूले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। उद्योग–व्यवसायको प्रवर्द्धन, निजी क्षेत्रको सशक्तीकरण तथा प्रदेशस्तरीय आर्थिक गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ समिति अघि बढ्ने बताइएको छ।


