काठमाडौं । इरान सम्बन्धी बढ्दो तनाव र ओपेक बाट संयुक्त अरब इमिरेट्स बाहिरिने निर्णयसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा उक्लिएको छ।
विश्व बजारको प्रमुख सूचक ब्रेन्ट क्रुड प्रति ब्यारेल १२० डलर नाघ्दै करिब १२२ डलरसम्म पुगेको छ, जुन पछिल्ला केही वर्षकै उच्च हो।
डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले इरानमाथि नाकाबन्दी लम्ब्याउने संकेत दिएपछि बजारमा थप दबाब परेको विश्लेषण गरिएको छ।
तेल मूल्य वृद्धिको असर विश्व अर्थतन्त्रमा पर्ने देखिएको छ भने नेपालजस्ता आयातमा निर्भर देशमा इन्धन र ढुवानी खर्च बढ्ने सम्भावना छ।


