काठमाडौँ । पश्चिम अफ्रिकी देश मालीका रक्षामन्त्री साडियो कामाराको आत्मघाती ट्रक बम आक्रमणमा मृत्यु भएको छ।
राजधानी बामाको नजिकै रहेको उनको निवासमा जिहादी र पृथकतावादी विद्रोही समूहले संयुक्त आक्रमण गर्दा रक्षामन्त्रीसहित उनका परिवारका तीन सदस्यको पनि ज्यान गएको बीबीसीले जनाएको छ।
आक्रमणमा सैन्य नेतृत्वका प्रमुखलाई समेत लक्ष्य बनाइएपछि उनलाई सुरक्षित स्थानमा सारिएको छ। देशका विभिन्न क्षेत्रमा एकैसाथ भएका आक्रमणपछि सरकारले उच्च सतर्कता अपनाउँदै कर्फ्यु जारी गरेको छ।
अल-कायदासँग आबद्ध समूह र तुआरेग पृथकतावादी विद्रोहीबीच बढ्दो हिंसाका कारण मालीमा सुरक्षा अवस्था झन् जटिल बन्दै गएको छ।


