नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको समितिको बैठकले यादवमाथि कारबाही गर्नुका साथै सर्लाहीका प्रदेशसभा सदस्य सकुन्तीदेवी महरा, कौशल किशोर राय र जंगीलाल रायलाई पार्टी विधानअनुसार जिम्मेवारी निर्वाह गर्न सचेत गराएको छ।
यस्तै, स्पष्टीकरण सोधिएका बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउतले चित्तबुझ्दो जवाफ दिएपछि सफाइ पाएका छन्।


