पछिल्लो १० महिनामा दक्षिणपूर्वी एसियाली देशहरूबाट ६८७ जना नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डबाट उनीहरूलाई फर्काइएको हो।
मन्त्रालयका अनुसार अनलाइन स्क्यामिङलगायत घटनामा फसेका नेपालीको उद्धार भइरहेको छ। हाल पनि कम्बोडिया र म्यानमारका जेलमा ४७ जना नेपाली थुनामा रहेका छन्।


