Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > दिल्लीमा भवन भत्किँदा ६ जनाको मृत्यु

दिल्लीमा भवन भत्किँदा ६ जनाको मृत्यु

भारतको दिल्लीस्थित वेलकम क्षेत्रमा चारतले भवन भत्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने एक बालकसहित ८ जना घाइते भएका छन्।

भवनमा एउटै परिवारका १० जना बस्दै आएका थिए। घटनापछि प्रहरी, उद्धारकर्मी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी छ। तीन महिनाअघि पनि दिल्लीको मुस्तफाबाद क्षेत्रमा भवन भत्किँदा ११ जनाको ज्यान गएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *