काठमाडौं — पूर्वऊर्जामन्त्री दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले सम्बन्धित निकायसँग कागजात र लिखित जवाफ माग गरेको छ।
सर्वोच्चले ललितपुर जिल्ला अदालत, राजस्व अनुसन्धान विभाग र सरकारी वकिल कार्यालयलाई थुनाको कारण, म्याद थपसम्बन्धी पर्चा तथा अन्य कागजात बिहीबार १२ बजेसम्म पेस गर्न आदेश दिएको हो।
खड्का सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका थिए भने उनकी पत्नीले रिहाइको माग गर्दै रिट दायर गरेकी छन्।


