काठमाडौं — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार ३३.२७ अंकले बढेर २,८६६.८७ मा बन्द भएको छ।
बजारमा २२१ कम्पनीको सेयर मूल्य बढ्दा ४५ कम्पनीको घटेको छ भने ३ कम्पनी स्थिर रहेका छन्।
कुल कारोबार रकम पनि बढेर १० अर्ब ५३ करोड रुपैयाँभन्दा बढी पुगेको छ। सबै उपसमूहमा वृद्धि देखिएको छ, जसमा होटल तथा पर्यटन समूह सबैभन्दा धेरै बढेको छ।


