Friday, June 05, 2026
Home > खेलकुद समाचार > दीपेन्द्रको शतक, नेपालले यूएईलाई २९० रनको लक्ष्य दियो

दीपेन्द्रको शतक, नेपालले यूएईलाई २९० रनको लक्ष्य दियो

काठमाडौं — आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले यूएईलाई २९० रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनायो।

उपकप्तान दीपेन्द्र सिंह ऐरीले ९४ बलमा १०० रनको शतकीय पारी खेले। विनोद भण्डारीले ५६, गुलशन झाले ४४ र रोहित पौडेलले ३९ रन जोडे।

यूएईका अजय कुमार र जुनैद सिद्धिकीले २–२ विकेट लिए। यसअघि नेपालले यूएईलाई ३७ रनले हराएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *