काठमाडौं — पूर्वराष्ट्रपति विद्या भण्डारीले आफ्नो एमाले सदस्यता हाल “होल्ड” अवस्थामा रहे पनि आफू अझै पार्टीसँग जोडिएको बताएकी छन्। नुवाकोटमा कार्यकर्तासँग कुरा गर्दै उनले एमाले देशभक्त, प्रगतिशील र सामाजिक न्यायको पक्षधर संगठन भएको उल्लेख गरिन्।
उनले आफू २०३७ सालदेखि एमालेको सदस्य रहेको र पार्टीसँग वैचारिक तथा भावनात्मक रूपमा जोडिएको बताइन्। जनताको समर्थन र एमालेको संघर्षकै कारण आफू दुई पटक राष्ट्रपति बनेको पनि उनले स्मरण गरिन्।


