काठमाडौं — टिकटकले सन् २०२५ को अक्टोबरदेखि डिसेम्बरसम्म नेपालबाट १९ लाख ३२ हजारभन्दा बढी भिडियो हटाएको जनाएको छ।
रिपोर्टअनुसार हटाइएका अधिकांश (९८% भन्दा बढी) भिडियो २४ घण्टाभित्रै हटाइएका हुन्। सामग्री हटाउने दर ९९.९% पुगेको छ।
विश्वभर भने सो अवधिमा १७ करोडभन्दा बढी भिडियो हटाइएको कम्पनीले जनाएको छ। साथै, नक्कली र कम उमेरका प्रयोगकर्ताका करोडौँ खातासमेत हटाइएको छ।
कम्पनीका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीको प्रयोगले सामग्री निगरानी अझ प्रभावकारी बन्दै गएको छ।


