पोखरा — गण्डकी प्रदेशका कांग्रेस सांसद दोर्णकुमार कुँवरले मन्त्री नबनाइएपछि दिएको राजीनामा एकै दिनमै फिर्ता लिएका छन्।
बुधबार इमेलमार्फत सभामुखलाई राजीनामा पठाएका कुँवरले बिहीबार फोन गरेर फिर्ता लिएको जानकारी दिएका हुन्। उनको राजीनामा औपचारिक रूपमा दर्ता भने भएको थिएन।
मन्त्रिपरिषद् हेरफेरमा आफूलाई समेटिएनपछि असन्तुष्ट बनेका कुँवर मन्त्रीका आकांक्षी थिए।


