Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलको इन्कार

देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलको इन्कार

काठमाडौँ — शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा विरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले अस्वीकार गरेको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा स्पष्ट कसुर नदेखिएको र आवश्यक कानुनी सर्तहरू नपुगेको भन्दै इन्टरपोलले नोटिस जारी गर्न नमानेको हो। विभागको अनुरोधमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि नोटिसका लागि पहल गरिएको थियो।

इन्टरपोलले अनुसन्धानको प्रकृति, आरोप र प्रगति स्पष्ट नभएको प्रश्न उठाउँदै पत्र फिर्ता पठाएको प्रहरी स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *