काठमाडौं — पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भिड नियन्त्रणमा गोली चलाउने आदेश आफूले नदिएको बताएका छन्।
जेनजी आन्दोलन प्रकरणमा प्रहरीले लिएको बयानमा उनले बल प्रयोग गर्ने निर्णय जिल्ला तहबाट हुने जिकिर गरेका छन्। बानेश्वर घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै उनले शान्ति सुरक्षा कायम गर्न मात्र निर्देशन दिएको बताएका छन्।
अस्पतालमै लिइएको बयानमा ओलीसँग ३५ भन्दा बढी प्रश्न सोधिएको प्रहरीले जनाएको छ।


