काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध जारी पक्राउ पुर्जीको विषयमा सर्वोच्च अदालतले सरकारलाई छलफलका लागि बोलाएको छ।
सर्वोच्चले जेठ ११ गते दुवै पक्षलाई उपस्थित हुन आदेश दिँदै मुद्दालाई अग्राधिकारसमेत दिएको छ। देउवाले वारेसमार्फत पक्राउ पुर्जी रोक्न रिट दायर गरेका थिए।



