Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सेवोन अध्यक्षका लागि चार जना अन्तिम सूचीमा

सेवोन अध्यक्षका लागि चार जना अन्तिम सूचीमा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन)को अध्यक्ष नियुक्तिका लागि चार जनाको नाम सर्टलिस्टमा परेको छ।

छनोट सूचीमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्ट परेका छन्। उनीहरूलाई जेठ ८ गते अर्थ मन्त्रालयमा छलफलका लागि बोलाइएको छ।

छलफलपछि सिफारिस समितिले नाम सरकारलाई पठाउनेछ भने मन्त्रिपरिषद्ले एकजनालाई अध्यक्ष नियुक्त गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *