काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ।
सुर्खेत, कैलाली, कञ्चनपुर, मोरङ, कास्की र ललितपुरबाट पक्राउ परेकाहरूमाथि लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले कारबाही गरेको हो।
उनीहरूको साथबाट खैरो हेरोइनसहित फेनारगन, डाइजेपाम, लुपिजेसिक र बुप्रेनोर्फिन जस्ता औषधिहरू बरामद गरिएको प्रहरीले जनाएको छ।


