Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > देशभरका सवारी दुर्घटनामा ६ जनाको मृत्यु

देशभरका सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं — देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।

रोल्पामा ट्याक्टर दुर्घटनामा २१ वर्षीय सामिल विकको घटनास्थलमै मृत्यु,चितवनमा बस पार्किङ गर्दा ठक्कर, १० वर्षीय इरेस घोस्ले उपचारकै क्रममा मृत्यु; बसका सहचालक पक्राउ,नुवाकोटमा स्कुटर दुर्घटनामा ३५ वर्षीय ईन्द्रबहादुर थापा मगरको उपचारकै क्रममा मृत्यु,लमजुङमा जीप दुर्घटनामा त्रिवेणी गुरुङ (४०) र पुष्पा घले (३५)को मृत्यु; चालकसहित चार घाइते, केहीलाई भरतपुर र काठमाडौंमा रिफर गरिएको र मोरङमा मोटरसाइकल ठक्करमा ६० वर्षीय नरेश काफ्लेको उपचारकै क्रममा मृत्यु; घाइते तीनजनाको अरनिको अस्पतालमा उपचार भैरहेको छ ।

प्रहरीले दुर्घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *