काठमाडौं । २०६५ जेठ १५ गते गणतन्त्र घोषणा भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रमसहित गणतन्त्र दिवस मनाइएको छ ।
सरकारले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन शाह लगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ ।
गणतन्त्र दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।








