Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > गणतन्त्रलाई बलियो बनाउन एकता आवश्यक : राष्ट्रपति पौडेल

गणतन्त्रलाई बलियो बनाउन एकता आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र राष्ट्र निर्माणको ठूलो प्रेरणा भएको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले गणतन्त्रको मर्यादा जोगाउन राजनीतिक निष्ठा, सुशासन र जनउत्तरदायित्व आवश्यक रहेको बताए ।

राष्ट्रपति पौडेलले भ्रष्टाचार, ढिलासुस्ती र बेथिति नै मुलुकका मुख्य चुनौती भएको उल्लेख गर्दै आर्थिक समृद्धि र सुशासनमार्फत नागरिकमा आशा जगाउनुपर्ने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *