आज रामनवमी देशभर श्रद्धा र भक्ति साथ मनाइँदैछ। सरकारले यस अवसरमा सार्वजनिक बिदा दिएको छ।
रामजानकी मन्दिर सहित विभिन्न मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ भने पूजा, आरती र भजनकीर्तन जारी छन्।
हिन्दू विश्वासअनुसार आजको दिन व्रत र पूजा गर्नाले सुख, शान्ति र समृद्धि प्राप्त हुने मान्यता रहेको छ।


