काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जनालाई पक्राउ गरेको छ।
अर्जुनधारा नगरपालिका, फिदिम नगरपालिका, धरान उपमहानगरपालिका लगायतका क्षेत्रमा गरिएको कारबाहीमा खैरो हेरोइन र अन्य औषधि बरामद गरिएको प्रहरीले जनाएको छ।
केही व्यक्तिबाट डिजिटल तराजु समेत फेला परेको छ भने सबैलाई बुधबार पक्राउ गरिएको हो।


