काठमाडौं । वैशाख शुक्ल चतुर्दशीका अवसरमा आज देशभर नरसिंह जयन्ती श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ।
भगवान् विष्णुको चौथो अवतार मानिने नरसिंहले दैत्यराज हिरण्यकश्यपुलाई वध गरी भक्त प्रह्लादको रक्षा गरेको धार्मिक विश्वास छ। यस दिनलाई अधर्ममाथि धर्म र सत्यको विजयको प्रतीकका रूपमा लिइन्छ।
मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको छ भने घरघरमा पूजा–आराधना र व्रत बस्ने परम्परा पनि रहेको छ।


