Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > दैनिक ४० हजार लाइसेन्स छपाइ, बाँकी वितरण चाँडै सकिने लक्ष्य

दैनिक ४० हजार लाइसेन्स छपाइ, बाँकी वितरण चाँडै सकिने लक्ष्य

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र बनाएको छ। सुरक्षण मुद्रण केन्द्रका अनुसार हाल दैनिक करिब ४० हजार लाइसेन्स छापिँदै छन्।

करिब २९ लाख बाँकी लाइसेन्समध्ये १२ लाख वैशाखभित्र र सबै असार मसान्तसम्म छाप्ने लक्ष्य राखिएको छ। छपाइ सम्पन्न लाइसेन्स हुलाकमार्फत पठाइँदै छन् र विवरण अनलाइनमार्फत सार्वजनिक गरिँदै आएको छ।

सरकारले छिटो वितरण सुनिश्चित गर्न यसलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *