Friday, June 05, 2026
Home > स्थानीय समाचार > असनमा नयाँ वर्षदेखि हरेक शनिबार सवारी निषेध: काठमाडौं महानगरको निर्णय

असनमा नयाँ वर्षदेखि हरेक शनिबार सवारी निषेध: काठमाडौं महानगरको निर्णय

काठमाडौं — नयाँ वर्षदेखि काठमाडौंको असन क्षेत्रमा हरेक शनिबार सवारी साधन प्रवेश निषेध हुनेछ। काठमाडौं महानगरपालिकाले असनको प्राचीनता र सांस्कृतिक महत्व जोगाउन, सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउन ५ बैशाखदेखि यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

पहिले २८ चैतदेखि सुरु गर्ने तयारी थियो, तर तयारी पूर्ण नभएको कारण कार्यक्रम एक हप्तापछि सारिएको हो। महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्थानीय सहभागिता र सुरक्षालाई ध्यानमा राख्दै कार्यक्रमलाई दिगो बनाउने उद्देश्य रहेको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *