धनकुटा — सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाका तीन कर्मचारी ८५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठलाई सोमबार नियन्त्रणमा लिएको हो। उनीहरूले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५को विद्यालय भवन अन्तिम बिल भुक्तानीमा सेवाग्राहीसँग घुस मागेको सूचना प्राप्त भएपछि यो कारबाही गरिएको आयोगले जनाएको छ।
पक्राउ परेकाहरूको साथबाट घुस रकम, तीन मोबाइल र सम्बन्धित कागजात बरामद गरिएको छ। थप अनुसन्धान जारी रहेको छ।


