Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन

नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन

काठमाडौं, वैशाख १६ – नेपाल पर्यटन बोर्डले भारतको नयाँ दिल्लीमा “नेपाल डेस्टिनेशन वेडिङ एन्ड ओटीएज कनेक्ट” कार्यक्रम आयोजना गरेर नेपाललाई एक प्रमुख वैवाहिक गन्तव्यका रूपमा प्रवर्द्धन गरेको छ। यो कार्यक्रम नेपाल र भारतका पर्यटन र वेडिङ इन्डस्ट्रीका प्रतिनिधिहरूसँग सञ्जाल विस्तार गर्ने उद्देश्यले वैशाख १५ र १६ मा सम्पन्न भएको हो।

कार्यक्रममा २१ नेपाली कम्पनी र ४५ भारतीय वेडिङ प्लानरले सहभागिता जनाए, जहाँ नेपालका सांस्कृतिक, प्राकृतिक र परम्परागत वैवाहिक संस्कारलाई प्रस्तुत गर्दै नेपाललाई ‘ड्रिम वेडिङ डेस्टिनेशन’को रूपमा चिनाउने प्रयास गरिएको छ। नेपाल पर्यटन बोर्डका सीईओ दिपक राज जोशीले वैवाहिक पर्यटनलाई नेपालको उच्च सम्भावनायुक्त क्षेत्रका रूपमा प्रस्तुत गरे, जसले पर्यटनको गुणवत्ता र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ पार्ने उद्देश्यले यो कार्यक्रम नेपालमा वैवाहिक पर्यटनको सम्भावनालाई उजागर गर्दै भारतका लागि एक प्रमुख पर्यटन गन्तव्यको रूपमा नेपाललाई प्रस्तुत गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *