नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ आज दिउँसो २ बजे सिंहदरबारमा हुने भएको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराउनेछन्।
४७ जना सांसदले मातृभाषामा शपथ लिने तयारी गरेका छन् भने सबैलाई परम्परागत पोसाकमा उपस्थित हुन आग्रह गरिएको छ।
शपथ समारोहका लागि आवश्यक तयारी पूरा भइसकेको संसद् सचिवालयले जनाएको छ।


