काठमाडौँ। प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले बिहीबार सिंहदरबारमा पद तथा गोपनीयताको शपथ लिएका छन्। ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले सांसदहरूलाई शपथ दिलाएका हुन्।
सांसदहरूले परम्परागत पोशाकमा शपथ लिएका थिए भने केहीले मातृभाषामा पनि शपथ ग्रहण गरेका थिए।


