Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > जेनजी आन्दोलनमा घाइते २८ जनाको बयान प्रतिवेदनमा: बिना चेतावनी गोली प्रहार

जेनजी आन्दोलनमा घाइते २८ जनाको बयान प्रतिवेदनमा: बिना चेतावनी गोली प्रहार

काठमाडौँ। भदौ २३–२४ मा भएको जेनजी आन्दोलनमा घाइते २८ जनाको बयान गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा समावेश गरिएको छ। घाइतेहरूले प्रहरीले बिना चेतावनी रबर बुलेट र गोली प्रहार गरेको बताएका छन्।

प्रतिवेदन अनुसार आन्दोलनमा कुल २,५२२ जना घाइते भए, जसमा १,३२८ प्रदर्शनकारी र २,०६८ सुरक्षाकर्मी रहेका थिए। शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शनमा प्रहरीले अचानक अश्रुग्याँस, रबर बुलेट र लाइभ राउन्ड गोली प्रहार गरेको उल्लेख छ।

१७ वर्षीया एकता शाह दायाँ घुँडामा रबर बुलेट लागेर गम्भीर घाइते भएकी छिन् भने अन्य घाइतेहरूले छाती, पेट, टाउको र आँखामा गोली लागेको बयान दिएका छन्। प्रतिवेदनमा यो दमनले काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै मानवीय क्षति पुगेको पनि उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *