काठमाडौं । नारायणदत्त कडेल को नियुक्ति सम्बन्धी योग्यता विवादमा सर्वोच्च अदालत ले बिहीबार सुनुवाइको पेसी तय गरेको छ।
अधिवक्ताहरू माधवकुमार बस्नेत, दीपकराज जोशी र सिराज बराल लगायतले कडेलको आवश्यक १५ वर्ष कानुनी अनुभव नभएको दाबी गर्दै रिट दायर गरेका हुन्।
न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेल को संयुक्त इजलासले अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्नेछ।


