Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग को कदम: दीपक भट्टसँग जोडिएका कम्पनीमाथि थप निगरानी

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग को कदम: दीपक भट्टसँग जोडिएका कम्पनीमाथि थप निगरानी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले व्यवसायी दीपक भट्ट संलग्न विभिन्न कम्पनीका संस्थापक सेयरधनीको विस्तृत विवरण माग गरेको छ।

विभागले सार्वजनिक सूचना जारी गर्दै संस्थापक सेयर खरिद गर्ने व्यक्तिहरूलाई आफ्नो लगानीसम्बन्धी सबै जानकारी पेश गर्न निर्देशन दिएको हो।

विशेषगरी बीमा कम्पनी स्थापना गर्दा चुक्ता पूँजी बाहेक प्रिमियम रकम कसको नाममा, कुन बैंक खातामा जम्मा गरिएको हो भन्ने विवरण आवश्यक रहेको विभागले जनाएको छ।

यसका लागि सम्बन्धित व्यक्तिहरूलाई १५ दिनभित्र आवश्यक कागजातसहित विभागमा उपस्थित हुन भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *