काठमाडौं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामाथि राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ।
संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई सहभागी गराएर आयोगले कान्तिपथस्थित कार्यालयमा छलफल अघि बढाएको हो।
आयोगले सातवटा ऐन एकीकृत गरी तयार पारेको मस्यौदामा दलहरूको सुझाव समेटेर पुनः सरकारमार्फत संसद्मा लैजाने तयारी गरेको छ।


