काठमाडौं । नेकपा सांसद वर्षमान पुनले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्पष्ट दिशा र ठोस मार्गचित्रको अभाव रहेको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभामा बिहीबार भएको छलफलमा उनले नीति तथा कार्यक्रम यथास्थितिवादी भएको र जनअपेक्षा पूरा गर्न नसक्ने बताए। उनले छलफलका लागि समय पनि अपर्याप्त दिइएको भन्दै असन्तुष्टि जनाए।
पुनले सरकार र सत्तारूढ दलका प्रतिबद्धताबीच तालमेल नदेखिएको उल्लेख गर्दै संसदमा प्रधानमन्त्रीको उपस्थिति र जवाफदेहितामाथि पनि प्रश्न उठाए।


