Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > देश निरंकुशतातिर जाँदैछ कि ? : अर्जुननरसिंह केसीको प्रश्न

देश निरंकुशतातिर जाँदैछ कि ? : अर्जुननरसिंह केसीको प्रश्न

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देशको राजनीतिक अवस्था निरंकुशतातिर जान सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले सरकारले संसदीय परम्परा र मान्यतामाथि उपेक्षा गरिरहेको आरोप लगाए। उनले मुठभेडतर्फ देश जान नहुनेमा सचेत हुनुपर्ने बताए।

केसीले केही संगठन र संरचनामाथि गरिएको कदमलाई लिएर असन्तुष्टि जनाउँदै संसदीय अभ्यास कमजोर बनाइँदै गएको टिप्पणी गरे। साथै, प्रधानमन्त्रीको संसद्प्रतिको व्यवहारप्रति पनि उनले प्रश्न उठाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *