Friday, June 05, 2026
Home > खेलकुद समाचार > नेपालले दियो रुवान्डासामु १०४ रनको लक्ष्य

नेपालले दियो रुवान्डासामु १०४ रनको लक्ष्य

काठमाडौं । आईसीसी महिला च्यालेन्ज ट्रफीअन्तर्गत नेपालले रुवान्डालाई १०४ रनको लक्ष्य दिएको छ।

गाहांगा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १०३ रन बनायो।

नेपालका कप्तान इन्दु बर्मा अविजित ३३ रनमा रहिन्। कविता कुँवरले २४ र रुविना क्षेत्रीले ११ रन जोडे। अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन्।

रुवान्डाकी हेनरिएट इसिम्वेले ३ विकेट लिइन् भने मेरी बिमेनिमाना २ विकेटमा सफल भइन्।

नेपालले प्रतियोगितामा तेस्रो जितको खोजी गरिरहेको छ भने रुवान्डा फाइनल सम्भावना बलियो बनाउने लक्ष्यमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *