काठमाडौं । विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीविरुद्ध त्रिभुवन विश्वविद्यालय परिसरमा संयुक्त विद्यार्थी आन्दोलनले प्रदर्शन गरेको छ।
मंगलबार घण्टाघरदेखि टीयू गेटसम्म मार्चपास गर्दै विद्यार्थीहरूले विरोध सभा गरेका थिए। उनीहरूले प्रस्तावित प्रतिबन्धलाई संविधान र लोकतान्त्रिक अधिकारविपरीत भन्दै फिर्ता लिन माग गरेका छन्।
आन्दोलनरत विद्यार्थीहरूले महँगी नियन्त्रण, शैक्षिक संस्थामा सुधार, मेरिटोक्रेसी लागू गर्नुपर्ने लगायतका माग पनि अघि सारेका छन्।
त्यस्तै, विद्यार्थी भाडा छुट कायम राख्न र स्ववियु सम्बन्धी निर्णय पुनर्विचार गर्न पनि उनीहरूले सरकारसँग आग्रह गरेका छन्।


