Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > नेपाल टेलिकमको नाफा ९.८५% ले बढेर ६ अर्ब २७ करोड

नेपाल टेलिकमको नाफा ९.८५% ले बढेर ६ अर्ब २७ करोड

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा खुद नाफा करिब १० प्रतिशतले बढाउँदै ६ अर्ब २७ करोड २९ लाख रुपैयाँ कमाएको छ।

कम्पनीको सञ्चालन आय पनि २.४२ प्रतिशतले बढेर २५ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ भने कुल आम्दानी २८ अर्ब ८५ करोड रुपैयाँ नाघेको छ।

ब्याज आय घटे पनि जीएसएम राजस्व वृद्धि र ह्रासकट्टी खर्चमा कमी आउँदा नाफा बढेको कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *