Thursday, June 04, 2026
Home > मुख्य समाचार > नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतितर्फ लैजानुपर्नेमा रविको जोड

नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतितर्फ लैजानुपर्नेमा रविको जोड

काठमाडौं, जेठ २० — रास्वपा सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि नेपाल–भारत सम्बन्धलाई विकास, साझेदारी र आपसी विश्वासमा आधारित नयाँ चरणमा लैजानुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले दुई देशबीच साझा सभ्यता, डिजिटल करिडोर र सहज सम्पर्क विस्तारमार्फत सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउन सकिने उल्लेख गरेका छन्। भेटमा द्विपक्षीय सम्बन्धलाई ‘विकास कूटनीति’को नयाँ युगतर्फ अघि बढाउने विषयमा छलफल भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *