काठमाडौं प्रहरीले आपराधिक गतिविधिमा संलग्न वा संलग्न हुनसक्ने आशंकामा रहेका १ हजार ९७ जनाको विस्तृत ‘क्रिमिनल प्रोफाइल’ तयार गरेको छ।
लागुऔषध, चोरी, गुन्डागर्दी तथा अन्य अपराधसँग सम्बन्धित व्यक्तिहरूको पृष्ठभूमि, सम्पर्क सञ्जाल र गतिविधि विश्लेषण गरी अभिलेख तयार गरिएको प्रहरीले जनाएको छ।
यस प्रणालीले अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। साथै, फरार व्यक्तिहरूको विवरण पनि डिजिटल प्रणालीमा राखिएको छ।


