Friday, June 05, 2026
Home > आर्थिक समाचार > नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम २ अर्ब ९३ करोड नाघ्यो

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम २ अर्ब ९३ करोड नाघ्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ६.९४ अंकले बढेर २,७१८.१६ विन्दुमा पुगेको छ। आज ३३४ कम्पनीको सेयर कारोबार हुँदा कुल कारोबार रकम २ अर्ब ९३ करोड रुपैयाँभन्दा बढी पुगेको हो।

कारोबारमा १५५ कम्पनीको सेयर मूल्य बढ्दा १०२ कम्पनी घटेका छन्। स्वावलम्बन लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन् भने कारोबार रकमका आधारमा एनआरएन पूर्वाधार विकास लिमिटेड शीर्ष स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *