Friday, June 05, 2026
Home > आर्थिक समाचार > नेप्से सूचक ६.५१ अंकले घट्यो, कारोबार भने बढ्यो

नेप्से सूचक ६.५१ अंकले घट्यो, कारोबार भने बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य गिरावटमा बन्द भएको छ। नेप्से परिसूचक ६.५१ अंकले घट्दै २७२४.३९ विन्दुमा झरेको छ।

बजार घटे पनि कारोबार रकम भने बढेको छ। मंगलबार ३ अर्ब ८ करोडभन्दा बढीको सेयर किनबेच भएको छ, जुन अघिल्लो दिनको तुलनामा बढी हो।

कारोबारका क्रममा ११३ कम्पनीका सेयर मूल्य बढे भने १४५ कम्पनीका घटे। विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स र नन-लाइफ इन्स्योरेन्स समूहमा सुधार देखिए पनि समग्र बजार दबाबमा रह्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *