काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य वृद्धि भएको छ। नेप्से परिसूचक ८.७८ अंकले बढेर २७१२.८६ विन्दुमा पुगेको हो।
सो दिन ३ अर्ब ४३ करोडभन्दा बढीको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको देखिएको छ।
बजारमा १६२ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको घटेको र १६ कम्पनी स्थिर रहेको छ। कारोबारका आधारमा अप्पर लोहोरे खोला हाइड्रोपावर, सोलु हाइड्रोपावर र धौलागिरी लघुवित्त लगायतका कम्पनी अगाडि रहेका छन्।


