काठमाडौं, जेठ २० — भारतको पटनास्थित चर्चित शिक्षक तथा युट्युबर खान सरको कोचिङ सेन्टरमा अज्ञात समूहले गोली प्रहार गर्दै तोडफोड गरेको छ। घटनामा एक सुरक्षा गार्ड घाइते भएका छन्।
प्रहरीका अनुसार आक्रमणकारीहरूले हवाई फायरिङ गर्नुका साथै संस्थामा तोडफोड र धम्कीसमेत दिएका थिए। प्रारम्भिक अनुसन्धानमा प्रतिस्पर्धी कोचिङ संस्थासँगको विवाद कारण हुन सक्ने आशंका गरिएको छ।
खान सरले भने कम शुल्कमा गुणस्तरीय शिक्षा दिएकाले केही प्रतिस्पर्धी पक्ष असन्तुष्ट भएको आरोप लगाएका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


