Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > पश्चिम एसियाको युद्धले ३८ नेपालीको शव ल्याउन समस्या

पश्चिम एसियाको युद्धले ३८ नेपालीको शव ल्याउन समस्या

पश्चिम एसियामा जारी युद्धका कारण ३८ नेपालीको शव नेपाल ल्याउन समस्या परेको परराष्ट्र मन्त्रालयले जनाएको छ। साउदीमा १७, यूएईमा १५, कतारमा २, बहराइनमा १ र इजरायल/साइप्रसमा ३ जनाको शव हवाई मार्ग सञ्चालनमा समस्या भएपछि रोकिएको छ। प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार शव ल्याउन आवश्यक पहल भइरहेको छ र चाँडै नेपाल ल्याइनेछ। यसअघि कुवेतबाट ९ जनाको शव र २९१ यात्रु नेपाल आइपुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *