काठमाडौं — परराष्ट्र मन्त्रालयले इरान–इजरायल तनाव र लेबनानको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। द्वन्द्व क्षेत्रमा १ नेपालीको मृत्यु र २८ जना घाइते भएका छन् भने कन्ट्रोल रुममा ३०३ सम्पर्क आएका छन्। इरानमा रहेका केही नेपाली फर्कने तयारीमा छन्, बन्धक बनाइएका नागरिकको रिहाइ प्रक्रिया जारी छ। यसैबीच, अनलाइन स्क्यामिङबाट ६१२ नेपाली उद्धार गरिएका छन् र रोकिएको श्रम स्वीकृति पुनः सुरु गरिएको छ।


