विराटनगर— सुनसरीको बर्जु गाउँपालिकाका २१ वर्षीय राहुल कामत दुई वर्षदेखि दुवै मृगौला फेल भएपछि जीवन–मरणको संघर्षमा छन्। उनको उपचारमा अहिलेसम्म करिब ४० लाख रुपैयाँ खर्च भइसकेको छ।
आर्थिक अवस्था कमजोर भएका कारण परिवारले जग्गा बेचेर र ऋण लिएर उपचार गराए पनि अब सबै स्रोत सकिएको बाबु दिनेश कामतले बताएका छन्। “अब न सम्पत्ति बाँकी छ, न ऋण पाउने अवस्था,” उनले भने।
कोसी अस्पताल विराटनगरमा राहुलको नियमित डायलाइसिस भइरहेको छ। डायलाइसिस निःशुल्क भए पनि औषधि र परीक्षण खर्चले परिवारलाई थप भार परेको छ।
बाबु–छोरा दुवैले सहयोगको अपिल गर्दै देश–विदेशका सहयोगीहरूसँग ज्यान बचाइदिन आग्रह गरेका छन्।


