Saturday, June 13, 2026
Home > अन्तराष्ट्रिय समाचार > पाकिस्तानले सयौं अफगान कैदी रिहा गर्‍यो, हजारौं शरणार्थी स्वदेश फर्किए

पाकिस्तानले सयौं अफगान कैदी रिहा गर्‍यो, हजारौं शरणार्थी स्वदेश फर्किए

इस्लामावाद । पाकिस्तानले पछिल्लो एक सातामा ७६३ अफगान नागरिकलाई जेलबाट रिहा गरेको जनाएको छ। साथै, एकै दिन करिब ३ हजार ७ सय अफगान शरणार्थी स्वदेश फर्किएका छन्।

रिहा भएका कैदीहरू विभिन्न सीमा नाकामार्फत अफगानिस्तान प्रवेश गरेका छन्। पाकिस्तान र इरानले पछिल्लो समय कागजातविहीन विदेशी नागरिकमाथि निगरानी कडा बनाउँदै उनीहरूलाई स्वदेश फर्कन दबाब बढाइरहेका छन्।

हाल विश्वभर करिब ६० लाख अफगानी विदेशमा बसोबास गरिरहेका छन्, जसमा अधिकांश पाकिस्तान र इरानमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *