काठमाडौंको माइतीघरमा प्रशिक्षार्थी चिकित्सकहरूले श्रम ऐन पूर्ण रूपमा कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेका छन्। उनीहरूले हप्तामा कम्तीमा एक दिन बिदा र दैनिक १२ घण्टाभन्दा बढी ड्युटी नगर्नुपर्ने व्यवस्था लागू गर्न सरकारसँग आग्रह गरेका छन्।
प्रदर्शनकारी चिकित्सकहरूले लामो समयदेखि आफूहरू श्रम शोषणमा परेको आरोप लगाउँदै, उचित कार्यघण्टा र बिदा सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।


