Friday, June 05, 2026
Home > स्थानीय समाचार > पाटनमा दुई दाजुभाइको हत्या प्रकरण: संजिवलाई जन्मकैद माग

पाटनमा दुई दाजुभाइको हत्या प्रकरण: संजिवलाई जन्मकैद माग

ललितपुरको कृष्णमन्दिर अगाडि चक्कु प्रहार गरी दुई दाजुभाइको हत्या गरेको घटनामा प्रहरीले अनुसन्धान सकेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरले सन्जीव नेपालीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय माग गर्दै प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ।

गत चैत २५ गते झापाका २६ वर्षीय सिर्जन नेम्वाङ र सुमित नेम्वाङको चक्कु प्रहारबाट हत्या भएको थियो। घटनामा संलग्न सन्जीवलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको थियो।

अनुसन्धानमा अर्का व्यक्ति गगन सुनारको पनि संलग्नता खुलेपछि उनलाई मतियारको रूपमा पक्राउ गरिएको छ, जसका लागि पनि कैद सजायको माग गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *